रत्नहरी अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकस्थित रत्नहरी मेमोरियल अस्पतालले प्रदान गर्ने सेवामा माछापुच्छ्रे बैंकका ग्राहकले १०% सम्म छुट पाऊने भएका छन । रत्नहरी मेमोरियल अस्पताल र माछापुच्छ्रे बैंक लिमिटेडबीच बुधबार छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्र हस्ताक्षर गरिएको छ। माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवा र औषधिजन्य सामग्रीमा छुट उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको अस्पतालका व्यवस्थापक लिल थापाले जानकारी दिए ।

सम्झौता अनुसार, बैंकका कर्मचारीलाई अस्पतालका सेवामा १५ प्रतिशत, बैंकका ग्राहकलाई १० प्रतिशत र बैंकका कर्मचारी तथा ग्राहकले औषधिजन्य सामग्री खरिद गर्दा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट दमौली शाखाका शाखा प्रबन्धक महेश्वर दवाडीले र अस्पतालको तर्फबाट जनसम्पर्क अधिकारी सबिन लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि, बैंकका ग्राहकहरूले माछापुच्छ्रे मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा पनि यी छुटहरूको लाभ लिन सक्नेछन् । सम्झौताले बैंकका ग्राहक र कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने विश्वास गरिएको छ । उक्त अस्तपाल ५० शैयाको रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker