भानुमा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी तथा प्रतियोगिता

भानु : तनहुँको भानु नगरपालिकामा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी गरिने भएको छ । राष्ट्रिय बाख्रा दिवश–२०८१ का अवसरमा “पोसिलो आहार, बाख्रा पालनमा गुणस्तर सुधार” भन्ने नाराका साथ माघ ४ गते उक्त प्रदर्शनी गर्न लागिएको हो ।
नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल ब्यवसायीक बाख्रा पालक महासंघको संयुक्त आयोजनामा भानु–५ को स्याउली पसलमा प्रदर्शनी एवं प्रतियोगिता गर्ने तयारी गरिएको नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका अमित ढुँगानाले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय तथा उन्नत जात तर्फ १०/१० हजार, द्वितीयलाई ८/८ हजार, तृतीयलाई ६/६ हजार र सान्त्वना हुनेलाई ४/४ हजार रुपैंया पुरस्कारको ब्यवस्था गरिएको भानुका पशु विकास अधिकृत सुशील ऐरीले बताए ।
बोका प्रदर्शनी, बाख्राको उत्पादन परिकार प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी, मनोरञ्जन तथा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले बताए ।
उक्त प्रदर्शनीले कृषकहरुलाई व्यवसायीक रुपमा पशुपालन तर्फ आकर्षित गराउन मद्दत पुग्ने नगरप्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे । उनले भानुलाई मासुमा आत्मनिर्भर बनाउन समेत टेवा पुग्ने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker