मिर्लुङको पोखरीछापमा हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम

भानु : तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित पोखरीछापमा तीन दिने तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयले दलित महिला लक्षित कार्यक्रमअन्तर्गत हरपिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरेको थियो ।
नगरपालिकाको सामाजिक विकास शाखाको स्वीकृत कार्यक्रमअनुसार स्थानीय ५२ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको वडा अध्यक्ष कृष्ण बहादुर अधिकारीले जानकारी गराए ।
तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले आर्थिक सशक्तिकरणका लागि महिलाहरुलाई सीपको खाँचो रहेको र त्यही खाँचोलाई पुरा गर्ने उद्देश्यले सञ्चालित तालिमबाट सिकिएको सीपलाई सदुपयोग गर्न आग्रह गरिन ।
कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृपाहरी लौडारी, सूचना प्रविधि अधिकृत राजिव घिमिरे, नगर कार्यपालिका सदस्य, वडा सदस्यहरू, सहभागी महिला तथा स्थानीय सरोकारवालाहरूले सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोगार बन्न आग्रह गरेका थिए ।
प्रशिक्षक कमला अधिकारी र ईश्वरी अधिकारीले घरेलु सरसफाइ सामग्री (हरपिक, सर्फ, फिनेल) घरमै बनाउने विधि व्यावहारिक रूपमा सहजिकरण गरेका थिए । सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। यस्तै, तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker