हामीले त एचपिभी खोप लगायौ

तनहुँको व्यास नगरपालिका–११ फराकचौरस्थित वाराही माध्यमिक विद्यालयका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाएपछि सामुहिक तस्विर खिचाइदै ।

तनहुँमा पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँवुखैरेनी गाउँपालिकाका विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप लगाइदै छ ।

फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २२ देखि फागुन ६ गतेसम्म देशभर एकैपटक पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ अभियान चलाएको छ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गरिएको र देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker