जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उहाँले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताउनुभयो ।

जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने बताउँदै थापाले भन्नुभयो, “जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ ।”

महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताउनुभयो । “स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ”, महामन्त्री थापाले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेण्डा बनाएर अगाडि जान जरुरी रहेको बताउनुभयो । कांग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले कांग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गर्नुभयो ।

“कमजोरी सुधार्न नसक्दा पनि राम्रो सिट जित्न सकेका छौँ, कमजोरी सुधारेर व्यवस्थित ढङ्गले अगाडि जान सक्दा धेरै सिट जित्न सक्छौँ”, पौडेलले भन्नुभयो ।

आजको स्थितिमा कांग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने पौडेलको भनाइ थियो । “हामी गठबन्धनको विरोधी होइन, तर त्यहाँ जोखिम छ, जोखिम मोल्दै गर्दा एक्लै जानुपर्ने स्थिति पनि आउन सक्छ”, उहाँले भन्नुभयो ।

तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेता यज्ञ थापालगायतले धारणा राख्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker