सालको पातबाट टपरी

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी एक महिला जंगलबाट सालको पात ल्याएर दुना, टपरी तयार गर्दै । लाहुरेको गाउँका रुपमा परिचित रुम्सी गाउँमा होमस्टे सञ्चालनसंगै अहिले आकर्षक ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । मगर समुदायको संस्कार, सँस्कृति अध्यन अवलोकनका साथै स्थानीय खानाका परिकार उपभोग गर्ने पाइने यस गाउँलाई व्यास नगरपालिकाले नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्दै लगेको छ । तस्विर : नारायण खड्का/भञ्जङ










