राष्ट्रिय परिचयपत्र वितरणलाई छिटो, छरितो बनाउन जिप्रका तनहुँको आग्रह

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र वितरणलाई छिटो, छरितो र प्रभावकारी बनाउन आग्रह गरेको छ । कार्यालयले मंगलबार सबै पालिकालाई परिपत्र गर्दै राष्ट्रिय परिचय पत्र वितरणलाई छिटो छरितो वितरण गर्न आग्रह गरेको हो

कार्यालयबाट पालिकामा पठाईएको राष्ट्रिय परिचयपत्र वितरण ढिलो भएको र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नयाँ छपाई भै परिचयपत्र आउने कार्य पनि जारी रहेकोले पालिकामा हस्तान्तरण भएको परिचयपत्रलाई अनलाइन/अफलाइन जे सकिन्छ वडा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि सहित सहभागी भई अभियानका रुपमा छिटो छरितो र प्रभावकारी रुपबाट वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

यसअघि प्रशासन कार्यालयबाट वितरण गरिदै आएको परिचयपत्र प्रमुख जिल्ला अधिकारी थापाले सम्बन्धित पालिकामा पठाएर पालिकाबाटै वितरण अभियान सुरु गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker