होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ गर्ने

दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले सांगितिक साँझ गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३१ गते सांगितिक साँझ आयोजना गर्न लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरी संघले कार्यक्रम बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नयाँ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

विगतका वर्षमा कार्यक्रम गर्दा घाटा भएपनि निरन्तरताका लागि कार्यक्रम गर्न लागिएको बताउँदै उनले भने, ‘कार्यक्रममा र्यापर बुद्ध लामा, विवेक लामा, मन्जु सेन्ताङ र डिजे मिनी दुराको प्रस्तुती रहनेछ । कार्यक्रम सञ्चालनका लागि रु ६ लाख खर्च हुने अनुमान गरिएको छ ।’

संघका अध्यक्ष गिरबहादुर थापाले यो कार्यक्रम संघको वार्षिक कार्यक्रम जस्तौ बनेकाले घाटा बेहोरेर पनि यसलाई निरन्तरता दिइने बताए ।

नयाँ वर्षमा दमौलीमा कार्यक्रम नहुँदा युवायुवती अन्यत्र जाने अवस्था रहेकाले स्थानीय स्तरमै मनोरञ्जन गराउने अवसर सिर्जना गर्न सांगितक कार्यक्रम आयोजना गरिएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker