मादी नदी नियन्त्रण : पहिलो “प्याकेज”को काम सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रम अन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ ।

अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन वालसहितको बाँध निर्माण थालिएको हो । नदी नियन्त्रण कार्यका लागि दुइ प्याकेजमा रु २८ करोड लागत अनुमान रहेकामा प्रदेश सरकारको रु १७ करोड विनियोजन गरेपछि निर्माण थालिएको हो ।

उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम सुरु गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले बताए । दोस्रो प्याकेज अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ । दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै सुरु गर्ने गरी एमआर ग्रुपले ठेक्का सम्झौता गरेको उनले बताए ।

त्यसैगरी, गत वर्षमादीनदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास-३ स्थित मादीपुलदेखि मादीनदी किनारमा करिब दुइ सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो ।

यस आवको असार मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष एमआर ग्रुपले चितवनले निर्माणको जिम्मा पाएको हो । गण्डकी प्रदेश सरकारले रु दुइ करोड ५० लाख बजेट विनियोजन गरेपछि निर्माण कार्य भइरहेको छ । निर्माण अन्तिम चरणमा पुग्दा पनि बजेट निकासामा ढिलाइ हुँदा हालसम्म रु २० लाख मात्रै भुक्तानी गर्न सकिएको उनले बताए । समुन्द्री सतहबाट चार मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker