सहयोग आदानप्रदान गर्ने विषयमा बन्दीपुर र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया

बन्दीपुर : पर्यटकीय राजधानी पोखरा र पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरका पर्यटन व्यवसायीबीच सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा बन्दीपुर आएको पर्यटन व्यवसायीहरुको टोलीले बन्दीपुर गाउँपालिकाद्वारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।
पयर्टन ब्यवसायी तथा स्थानीय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दीपुरमा आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि अनुरोध गरेका छन्। उनले बन्दीपुरलाई एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्षका विविध कार्यक्रमहरु सञ्चालन भइरहेको बताए । यो भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने बन्दीपुरको लक्ष्य रहेको हुँदा यस लक्ष्यलाई पोखराले पनि सहयोग गर्न अध्यक्ष थापाले अनुरोध गरे ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दीपुर पनि आउन सक्ने बताए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफुहरु लागेको बताए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका जनप्रतिनिध, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल संघ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दीपुर भ्रमण वर्षका बारेमा आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker