तनहुँमा २२ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ७६५ पुग्यो, ४९९ जना निको भएर घर फर्किए
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा २२ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा १०, शुक्लागण्डकी नगरपालिकामा ९ तथा भानु नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कात्तिक ३ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएका ८७ जना मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी गराएका छन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवका अनुसार वडा नं. ६ का ३ जना जना, वडा नं.३ का १ जना, वडा नं. २ का १ जना वडा नं. ४ का १ जना, वडा नं. ९ का एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रहरी दंगा कार्यालयका २ जनामा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, स्वाब संकलन गरिएका मध्ये ७८ जनाको रिपोर्ट नेगेटिभ अएको छ । कोरोना संक्रमितहरुलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गरिएको छ । पोजेटिभ देखिएकालाई सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिएको र नेगेटिभ आउनहरुलाई पनि सुरक्षाका मापदण्ड अपनाउन भनिसकेको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले बताए ।
पोखरा स्थित क्षेत्रीय क्षयरोग प्रयोगशालामा गरिएको परीक्षणमा व्यास नगरपालिकाका ९, शुक्लागण्डकीका ९ र भानु नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा व्यास नगरपालिकाका १ र भानु नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आइतबार र्सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा संक्रमितको संख्या ७६५ जना पुगेको छ । संक्रमित मध्ये ४९९ जना निको भएर घर फर्किएका छन् । भानु, व्यास, दमौली अस्पताल, भिमाद, घिरिङ, देवघाटबाट स्वाब संकलन गरिएका मध्ये १३६ जनाको रिपोर्ट आउने बाँकी रहेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।
जिल्लामा हाल २५६ जना सक्रिय संक्रमित रहेका मध्ये १३९ जना होम आइसोलेसनमा बस्दै आएका छन् अन्य संक्रमितहरु शुक्लागण्डकी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल, बन्दीपुर अस्पताल, आँवुखैरेनीको आइसोलेनसनमा उपचाररत रहेको स्वास्थ्य प्रमुख अधिकारीले बताए । यस्तै जिल्लामा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् ।










