“छोरीहरूले दिइन् बाबुलाई काँध र दागबत्ती : समाजलाई सन्देश”

डिपी अधिकारी/भञ्ज्याङन्यूज

डुम्रे : तनहुँको बन्दीपुर–५ याम्पाढाबका ४७ वर्षीय भीमबहादुर क्षेत्रीको जीवन संघर्ष र समर्पणको कथाले धेरैलाई नछुने सम्भावना छैन । २९ वर्षको उमेरमै रक्त क्यान्सरले गलेका उनले उपचारकै बीच पनि कहिल्यै हिम्मत हारेनन् ।
एक सामान्य ढाबा होटल सञ्चालन गर्दै आएका उनले परिवार पाल्न, साना छोरीहरूको शिक्षादीक्षा गर्न होटलसँगै बाख्रापालन पनि सुरु गरे । भारतबाट महँगो औषधि मगाउनु पर्ने, रोगको पीडा र आर्थिक अभावको कठिन घडीमा पनि श्रीमती ममता र छोरीहरूको माया उनका लागि प्रेरणाको स्रोत रह्यो ।
उनका जेठी छोरी निशा (२५) र कान्छी अनिशा (२१) हाल उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छन् । बाबुको अवस्था गम्भीर भएपछि उनीहरू नेपाल फर्किए, तर अस्पताल पुगेकै केही दिनपछि बाबु सधैंका लागि बिदा भए ।
भीमबहादुरको जीवनको अन्त्यमा पनि उनकी छोरीहरूले परम्पराको कठोर घेरा तोडेर समाजलाई झकझक्याउने कार्य गरे– छोरीहरूले बाबुलाई काँध दिए, दागबत्ती दिइन् र आमासँगै काजकिरियामा बसिन् । परम्परागत सामाजिक मान्यतालाई चुनौती दिँदै छोरीहरूले बाबुप्रतिको कर्तव्य निर्वाह गरेर सन्देश दिए– “छोरा र छोरीबीच कुनै भिन्नता हुनु हुँदैन ।”
स्थानीयहरूले उनीहरूको कदमको खुलेर प्रशंसा गरेका छन् । “भीमबहादुरको जीवनले सिकाउँछ– रोगले गाह्रो पार्ला तर आत्मबलले लड्न सकिन्छ । सन्तान छोरा होस् या छोरी, जिम्मेवारी बराबरीका साथ वहन गर्न सक्छन्”, एक छिमेकीले भने ।
भीमबहादुर क्षेत्रीले देखाएको संघर्षको बाटो, छोरीहरूले देखाएको समानताको चेतना– दुवै समाजका लागि पाठ बन्नसक्ने उदाहरण हुन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker