तनहुँको म्याग्देका आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गरिने

तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ । म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ ।

सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । हालका जनप्रतिनिधि निर्वाचित भएर आएदेखि पाँच वर्षभित्र विपन्न वर्गलाई ६० वटा घर बनाउने लक्ष्यसहित पालिका अगाडि बढेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाबाट आर्थिक रुपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत उक्त आवास निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

म्याग्देका सातवटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिनेछ । सातवटै वडाबाट छानिएका लाभग्राहीको नामावली सार्वजानिक गरिएको छ । वडा नं १ का एक, वडा नं २ का एक, वडा नं ३ का दुई, वडा ४ का दुई, वडा नं ५ का दुई, वडा नं ६ का दुई र वडा नं ७ का दुई जना रहेका छन् । वडा नं १ र २ का दुई÷दुई जनालाई वैकल्पिक लाभग्राहीको सूचीमा राखिएको छ ।

नमुना आवास निर्माणका लागि छनोट भएका लाभग्राहीले सात दिनभित्रमा घर बन्ने जग्गाको सक्कल लालपुर्जा, जग्गाको नापी नक्सा र नागरिकताको प्रमाणपत्रसहित गाउँपालिकामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै यो ‘नमुना आवास कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा विपन्न लाभग्राही छनोट गरिएको हो ।

उहाँले भन्नुभयो, “मैले निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ घर बनाएर हस्तान्तरण गरिएको र बाँकी १२ वटा घर यसै आवमा हस्तान्तरण गरिनेछ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker