पाहुनालाई स्वागत

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसूर सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई स्वागत गर्दै स्थानीय होमस्टे सञ्चालक । मुलुकको पौराणिक राज्यहरु मध्ये कान्तिपुर र पाल्पा वीचको सवैभन्दा शक्तिशाली राज्यको रुपमा रहेको तनहुँसूर क्षेत्र ऐतिहासिक, प्राकृतिक र ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा विकास हुने प्रतिक्षामा रहेपनि यस तर्फ स्थानीय तथा सरोकारावला निकायले यथोचित ध्यान पुर्याउन नसक्दा ओझेलमा परेको छ ।

अपार ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा एवं जैविक विविधताले भरिपूर्ण तनहुँसूर पूर्वाधार विकास र प्रवर्द्धनको पर्खाइमा बसेको छ । तस्विर : भञ्ज्याङ










