पुल निर्माण अन्तिम चरणमा

तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण कार्यले अन्तिम रुप लिएको छ । संघीय सरकारमार्फत सडक विभागअन्तर्गत एम/एस इन्द्रेणी निर्माण सेवा प्रालिले यो पुल निर्माण गरेको हो । १२५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि विसं २०७९ पुस १४ मा रु २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता गरी विसं २०८२ पुस ६ मा सक्नुपर्ने भएपनि पुल निर्माणकार्यले अझै पूर्णता पाउन सकेको छैन । पुल निर्माणसंगै व्यास–५ चिन्टुटारका स्थानीय बढी लाभान्वित हुने भएका छन् । यस क्षेत्रमा पुग्न सडक भएपनि पुल नहुँदा घुम्ती बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । तस्विर : भञ्ज्याङ










