आँबुखैरेनी क्याम्पस सञ्चालनका लागि स्थानीय सक्रिय

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालनको तयारी सुरु भएसँगै क्याम्पसको दिगो सञ्चालनका लागि स्थानीयवासी, सामाजिक व्यक्ति र शिक्षाप्रेमीहरू सक्रिय बनेका छन् । क्याम्पसले अक्षयकोष स्थापना गर्न आह्वान गरेपछि स्थानीयको स्वतःस्फूर्त सहभागितामा हालसम्म करिब ३० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना भएको छ ।

क्याम्पसको १९औँ क्याम्पस सभाको अवसरमा क्याम्पसको दीर्घकालीन विकास र उन्नयनका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले अक्षयकोष तथा छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् । साथै, थप सामाजिक व्यक्तित्वहरूले पनि अक्षयकोषमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय सहयोगअन्तर्गत गोर्खा सिराञ्चोक–५ निवासी भवदत्त शर्मा पोखरेलले भव शर्मा पुरस्कार अक्षयकोष स्थापना गरेका छन् भने आँबुखैरेनी–३ निवासी रत्नबहादुर कुँवरले पदमकुमारी स्मृति पुरस्कार अक्षयकोष स्थापना गरेका छन् । गोर्खाको पालुङटार–१ निवासी प्रेमबहादुर गंगाजुले प्रेम–लक्ष्मी गंगाजु पुरस्कार अक्षयकोष स्थापना गरे ।

क्याम्पस अध्यक्ष ऋषि केसीले रामबहादुर केसी स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् भने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आकाश चुमान स्मृति छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरे ।

यसैगरी शिवशक्ति आमा समूह, जमुना श्रेष्ठ, भगवानदास मल्ल, एम. नारायण श्रेष्ठ, वासुदेव पुडासैनी, केशरबहादुर केसी, शिव कुँवर, पूर्व जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटा, सन्तबहादुर केसी, नस्तुराम कँडेल, निवर्तमान गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, आँबुखैरेनी सेवा समाज, फेमस ठकुरी, गणेशबहादुर महत, मालती केसी, विमला कुँवर देवकोटा, राजेश्वर खनाल, शेरबहादुर गुरुङ, आँबुखैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, चितनारायण श्रेष्ठ, गणेशकुमार श्रेष्ठ र रमेशकुमार श्रेष्ठ, मख्खनबहादुर घिमिरे, अणमान श्रेष्ठ, मिलनचोक जरेवर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा सोमबहादुर विकलगायतले विभिन्न शीर्षकमा अक्षयकोष तथा छात्रवृत्तिका लागि आर्थिक सहयोग गरेका छन् ।

क्याम्पस व्यवस्थापन समितिका अनुसार स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्दै क्याम्पसको शैक्षिक गतिविधि सुदृढ बनाउने लक्ष्य लिइएको छ। स्थानीयको सक्रियताले आँबुखैरेनी क्याम्पसलाई उच्च शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने विश्वास लिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker