दमौली बजार इकाईको अधिवेशन : बजारको व्यवस्थित विकासका लागि सक्षम नेतृत्वको खाँचो – न्यौपाने

दमौली : तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बजारको व्यवस्थित विकासका लागि सक्षम नेतृत्वको खाँचो औल्याएका छन्। तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको मंगलबार आयोजित ३०औँ वार्षिक साधारणसभा एवं १३औँ अधिवेशनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

नगरप्रमुख न्यौपानेले व्यावसायिक हकहित र बजारको व्यवस्थित विकासका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको बताउँदै दमौली बजार क्षेत्रलाई पर्यटकीय नगरिको हिसावले विकास गर्न चाहेपनि त्यो अनुसारको साथ सहयोग नगरपालिकाले नपाएको गुनासो समेत गरेका थिए ।

बजार इकाइको अधिवेशनमा सहभागी व्यवसायीहरूले यस पटकको निर्वाचन र नयाँ नेतृत्वले स्थानीय व्यापारिक समुदायबीच एकता, सहकार्य र स्पष्ट भावी योजनासहित साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गर्दै नगरप्रमुख न्यौपानले व्यवसायिको हकहित संरक्षण र प्रवद्र्धनका लागि नगरपालिका सदैव लागि पर्ने बताए ।

यस्तै, तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा हुने अवस्थामा पुगेको छ । इकाईको आगामी कार्यकालका लागि भएको मनोनयन दर्ता प्रक्रियामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेसँगै चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

सभापति पदका लागि हालका कार्यवाहक सभापति शेषराज श्रेष्ठ, वर्तमान सचिव अञ्जु दाहाल र अघिल्लो कार्यकालका प्रत्यासी बिन्दुकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेतृत्व चयनको यस प्रक्रियामा अन्य महत्वपूर्ण पदहरूमा पनि उत्साहजनक सहभागिता देखिएको छ । उपसभापति पदका लागि इन्द्रलाल श्रेष्ठ, नारायण मल्ल र ठाकुरप्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका छन् भने कोषाध्यक्ष पदमा युवराज भण्डारी र राजेन मियाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, जिल्ला प्रतिनिधिको रूपमा भरतकुमार श्रेष्ठ, ब्रजेश साह, किनकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र मोहम्मद सलिम मिया सर्वसम्मत निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker