गण्डकीमा ९२ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशमा ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४२ महिला र ५० जना पुरुष रहेका छन् । प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै गोरखामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

विगत ६ महिनादेखि गण्डकी प्रदेशका ११ जिल्लामध्ये प्रत्येक दिन कास्कीमा कोरोना संक्रमित धेरै हुँदै आएकोमा बिहीबार भने गोरखामा सबैभन्दा धेरै ४० जना संक्रमित भेटिएका छन् । त्यसैगरी विगत लामो समयदेखि सबैभन्दा धेरै संक्रमित भेटिँदै आएको कास्कीमा बिहीबार भने २३ जना संक्रमित भेटिएका हुन् ।

केन्द्रका संयोजक शर्माका अनुसार गोरखामा ४०, कास्की २३, बागलुङ ३, स्याङ्जा ११, म्यादी १, पर्वत १, लमजुङ ५, तनहुँमा ७ र नवलपुरमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ८४ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा बागलुङ नगरपालिका-४ की ४४ वर्षीय कोरोना संक्रमित महिला, स्याङजा अर्जुन चौपारी गाउँपालिका-१२ की ६६ वर्षीय महिला र पर्वत पैयुँ गाउँपालिका-२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ७६१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker