आदिकवि भानुभक्त आचार्यको १५६औं स्मृति दिवस मनाइयो

भानु : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको १५६औं स्मृति दिवस चुँदीरम्घामा मनाइएको छ। स्मृति दिवसका अवसरमा आइतबार आचार्यको समाधिस्थल सतिघाट धाममा रुद्राक्षको १५६ वटा विरुवा रोपिएको छ ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान जत्तिकै, नेपाली भाषामा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेकाले राज्यको तर्फबाट उच्च सम्मान मिल्नुपर्ने बताए ।
उपप्रमुख उमा गोतामेले नगरपालिकाको नामाकरण भानुभक्त आचार्यको नाममा भएकोमा खुशी व्यक्त गर्दै भानु जन्मस्थललाई साहित्यिक र धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पहल भइरहेको बताइन् ।
त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले भानु जन्मस्थल क्षेत्रको विकासका लागि राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासो रहेको र गत आर्थिक वर्षमा ५ करोडको बजेट विनियोजन भएको जानकारी गराए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाली सेनाको रुरु भैरव दल गण, शसस्त्र प्रहरी बल मनकामना गण, नेपाल प्रहरीका पदाधिकारी र जवानहरूको सहभागिता रहेको थियो भने सहभागिहरुले भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए । आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ असार २९ र मृत्यु १९२५ असोज ६ मा भएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker