विद्यार्थीहरुलाई प्रयोगात्मक कार्य

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयका कक्षा–८ ‘ब’का विद्यार्थीहरु प्रयोगात्मक कार्य अन्तर्गत प्याजको एपिडर्मिस कोषहरू माइक्रोस्कोप मार्फत अवलोकन गर्दै । विद्यार्थीहरुले यस कार्य अन्तर्गत वनस्पति कोषहरूको अद्भुत संसार अन्वेषण गरेका थिए ।

यी कोषहरू वनस्पति कोष संरचनाको उत्कृष्ट उदाहरण हुन्, जसले विद्यार्थीलाई कोष भित्तो, नाभिक (nucleus) र कोषव्य (cytoplasm) जस्ता प्रमुख भागहरू स्पष्ट देखाउने गर्छ । प्याजको एपिडर्मिस पातलो, पारदर्शी र सजिलै छुट्याउन सकिने भएकाले यो माइक्रोस्कोप प्रयोगको लागि उपयुक्त हुन्छ । विद्यार्थीहरुले यस कार्य अन्तर्गत इँटाजस्तो देखिने पारदर्शी कोष भित्ताहरू, केही कोषहरूमा स्पष्ट देखिने नाभिक, आइोडिन प्रयोग गरेर कोषको भागहरू अझ स्पष्ट देखिने, माइक्रोस्कोपको सही प्रयोग र हेरचाह लगायतका विषयमा जानकारी लिएका थिए ।

तस्विर : भञ्ज्याङ










