दूध उत्पादनमा प्रोत्साहन : भानुले कृषकलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने

भानु : तनहुँको भानु नगरपालिकाले स्थानीय किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर ५ रुपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा उक्त अनुदान प्रदान गरिने भएको हो।

नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकलाई उत्साहित बनाउने विश्वास गरिएको छ । ‘यस्ता कार्यक्रमले दूध उत्पादन वृद्धि हुनुका साथै नगरपालिकालाई दूध, मासु, माछा र अण्डामा आत्मनिर्भर बनाउने दिशामा टेवा पुग्नेछ’, उनले बताए ।

अनुदान कार्यक्रमका लागि नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले यही चैत २ गते प्रस्ताव आह्वान गरिसकेको छ। दुग्ध उत्पादन गर्ने संस्था तथा दुग्ध कारोबार गर्ने सहकारीहरूले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।

यस कार्यक्रममार्फत स्थानीय स्तरमै उत्पादन बढाई कृषकको आम्दानी वृद्धि गर्नुका साथै कृषि क्षेत्रलाई व्यवसायिक बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker