तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिए

तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्,” उहाँले भन्नुभयो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजारको छ । थपिएका उद्योगमा पाँच सय ३४ महिला र पाँच सय एक पुरुष गरी एक हजार ३५ जनाले रोजगारी पाएका छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत रु २४ लाख तीन हजार राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा तीन सय ९६ उद्योगको नवीकरण गरिएको छ । यस्तै ५४ उद्योगले नामसारी, चार उद्योगले ठाउँसारी, ७७ उद्योगले उद्देश्य थप तथा ६७ उद्योगले पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । सो अवधिमा ती उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख लगानी भएको थियो । रु एक लाखसम्म पुँजी भएका उद्योगले रु एक हजार १००, रु तीन लाखसम्म पुँजी भएका उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पुँजी भएका उद्योगले रु ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएका उद्योगले रु १२ हजार १००, रु एक करोडसम्म पुँजी भएका उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पुँजी भएका उद्योगले रु ३० हजार १०० तथा रु पाँच करोडभन्दा बढी पुँजी भएका उद्योगले रु ५० हजार एकसय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker