आदिकवि भानुभक्त क्याम्पसमा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

दमौली : तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम केन्द्र स्थापना गर्ने तयारी अघि बढाइएको छ । यस सम्बन्धमा नबिल बैंक र क्याम्पसका प्रतिनिधिहरूबीच बिहीबार क्याम्पसको तालिम कक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नबिल बैंक केन्द्रीय कार्यालय काठमाडौँका तर्फबाट नबिल स्कुल फर सोसल एन्टरप्रेनरसिपका संयोजक उज्ज्वल चापागाईं, सेन्ट्रल क्लस्टर पोखराका प्रमुख निरज राजभण्डारी तथा दमौली शाखाका प्रमुख नारायण भट्ट सहभागी थिए ।

त्यसैगरी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, विश्वेश्वर तिमल्सेना तथा प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर लगायतको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रममा संयोजक चापागाईंले नविल यसयसई कार्यक्रमबारे सहजीकरण गर्नुभएको थियो भने क्याम्पस प्रमुख हडखलेले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा समुदायसँगको सहकार्यबारे प्रस्तुतीकरण गेका थिए ।

यस कार्यक्रमलाई क्याम्पसमा सञ्चालन गर्ने विषयमा व्यास नगरपालिका, तनहुँ उद्योग वाणिज्य संघ र क्याम्पस तथा नबिल बैंकका प्रतिनिधिहरूबीच शुक्रबार बिहान नगरपालिकाको कार्यालयमा थप छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

नबिल बैंकको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सन् २०२१ देखि सञ्चालन हुँदै आएको कार्यक्रम अब आदिकवि भानुभक्त क्याम्पसमा पनि विस्तार हुने भएको छ। कार्यक्रमको उद्देश्य उदीयमान सामाजिक उद्यमीहरूलाई तालिम, मार्गदर्शन र वित्तीय पहुँच प्रदान गरी उनीहरूको अवधारणालाई दिगो व्यवसायमा रूपान्तरण गर्नु हो ।

यो कार्यक्रम त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय तथा सातै प्रदेशका विभिन्न कलेजहरूसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ। क्याम्पसभित्र स्थापना हुने तालिम केन्द्रले “दिगो बैंकिङ” अवधारणामा आधारित रही युवा उद्यमीहरूको क्षमता अभिवृद्धिमा जोड दिनेछ । सहभागीहरूले लगानीयोग्य व्यावसायिक योजना तयार गर्न सहयोग पाउने र नबिल उद्यमशील कर्जा जस्ता योजनामार्फत ऋणसमेत लिन सक्नेछन् ।

कार्यक्रममार्फत प्रशिक्षार्थीहरू सम्बन्धित क्षेत्रका विज्ञहरूसँग जोडिने भएकाले उनीहरूलाई व्यावसायिक निर्णय लिन सहज हुने विश्वास गरिएको छ। नबिल बैंकका अनुसार यस कार्यक्रमबाट हालसम्म कृषि, स्वास्थ्य, सूचना प्रविधि र शिक्षा क्षेत्रमा उद्यम स्थापना भई १७ हजारभन्दा बढी रोजगारी सिर्जना भइसकेको छ भने महिला, दलित तथा सीमान्तकृत समुदायलाई सशक्त बनाउने काम समेत भएको दाबी गरिएको छ ।

हाल यो कार्यक्रम कोशी प्रदेशको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशको वीरगञ्ज पब्लिक कलेज, बागमती प्रदेशका क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, गण्डकी प्रदेशमा पोखरा विश्वविद्यालय अन्तर्गतका संस्थाहरू, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज तथा कर्णाली प्रदेशको सुर्खेत मोडेल कलेजमा सञ्चालन भइसकेको छ ।

 

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker