म्याग्देको अध्यक्षमा एमालेका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेस घिमिरे निर्वाचित

भञ्ज्याङ न्यूज

म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सोमबार सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले ४ हजार ९ सय ५० र घिमिरेले ५ हजार ३९ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार मायादेवी राना आलेले ४ हजार २३२ मत ल्याएकी छन् भने एमालेबाट उपाध्यक्षका उम्मेदवार रत्नदेवी घिमिरेले ४ हजार २ सय मत ल्याएकी छन् । यस पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेद्वार विजयी भएका हुन् ।

यस्तै, म्याग्दे वडा नम्बर १ मा एमालेका मणिभद्र वाग्ले, वडा नम्बर २ मा कांग्रेसका शिवबहादुर क्षेत्री, वडा नम्बर ३ मा एमालेका टुकराज अधिकारी, वडा नम्बर ४ मा कांग्रेसका दीपककुमार श्रेष्ठ, वडा नम्बर ५ मा कांग्रेसका शिवबहादुर आले, वडा नम्बर ६ मा कांग्रेसका हिरालाल गुरुङ र वडा नम्बर ७ मा एमालेका उम्मेद्वार वडाध्यक्षमा बिजयी भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker