व्यासका मेयरका उम्मेदवार न्यौपानेको घरदैलो अभियान तीब्र

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसको तर्फबाट व्यास नगरपालिकाको प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले घरदैलो अभियान तीव्र पारेका छन् । आफ्नो चुनावी एजेण्डा र विकासका खाका लिएर उनीहरु जनताको घरदैलोमा पुगेका हुन् ।

नगर प्रमुखका उमेदवार न्यौपाने लगायतको टोलीले घर दैलो अभियान अन्तर्गत मंगलबार व्यास नगरपालिकाको वडा नं. ११ को मुलपानी, बेलटारी, फराकचौर, तनहुँसुर रामथुम्की लगायतका गाउँबस्तिमा पुगी स्थानीयसँग अन्तक्रिया गर्दै विकासको लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेको थियो ।

नगरवासीसंगको भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले विकासका कामहरुलाई पुर्णता दिन सक्ने सक्षम पार्टी नेपाली कांग्रेस भएको चर्चा गरे । समृद्धि र विकासका लागि नेपाली कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई न्यौपानेको आग्रह थियो ।

कार्यक्रममा उप-प्रमुखका उम्मेदवार इन्दिरा दरैले समावेशी विकासनै आजको मुल आवश्यकता रहेको वताइन् । सो घरदैलो अभियान कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा व्यास ११ का वडा अध्यक्ष तथा सदस्य उम्मेदवारहरुको समेत सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker