माओवादीको शुक्लागण्डकीमा इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारी
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले विभिन्न निर्णयसहित हरेक वडामा इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारी तोकेको छ । सोमबार बसेको पार्टीको पुर्ण बैठकले नगरपालिकाको १२ वटै वडामा इन्जार्च तोकेको हो । अध्यक्ष र सचिव यस अघिनै संगठन विस्तारको क्रममा तोकिएको थियो । माओवादीका नगर कमिटी सचिव मनराज गुरुङका अनुसार वडा नं १ मा भोजराज बराल इन्जार्च, तारामान वि.क अध्यक्ष र दिनेश भण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ । वडा नं २ मा खेम गुरुङ इन्चार्ज, भक्तबहादुर गुरुङ अध्यक्ष, सन्तोष श्रेष्ठ सचिव, वडा नं ३ मा बुद्धि कार्की इन्चार्ज, दिपक सापकोटा अध्यक्ष र सुमन आले सचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै वडा नं ४ मा राजु राना इन्चार्ज, ओम श्रेष्ठ अध्यक्ष र विजय गुरुङ सचिव, ५ मा पहल सिं वि.क इन्जार्च, मित्रबन्धु भण्डारी अध्यक्ष र लालबहादुर भण्डारी सचिव र ६ मा श्रीराम अधिकारी इन्चार्ज, विष्णुबहादुर परियार अध्यक्ष र पदमराज बरालले सचिवको जिम्मेवारी पाएका छन् ।
नगरपालिकाको वडा नं ७ मा बुद्धिबहादुर खत्री इन्चार्ज, मोतिराज गुरुङ अध्यक्ष र कृष्ण पौडेल सचिव, ८ मा भद्रबहादुर थापा इन्चार्ज, रामेश्वर भट्टराइ अध्यक्ष र मिलन महत सचिव, ९ मा रणबहादुर वि.क इन्चार्ज, विशाल के.सी अध्यक्ष र पोषबहादुर वि.क सचिव, १० मा याम खाँड इन्चार्ज, राजेन्द्र भट्टराइ अध्यक्ष र कमलकान्त पौडेल सचिव, ११ मा जीवन पोख्रल इन्चार्ज, नारायण सिग्देल अध्यक्ष र राजु भण्डारी सचिव, १२ मा बलभद्र गौतम इन्चार्ज, पुर्णप्रसाद गुरुङ अध्यक्ष र टुकबहादुर गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, बैठकले विभिन्न जनवर्गीय संगठनको जिम्मेवारी पनि तोकिएको छ । वाइसिएलको अध्यक्षमा मनोज लामिछाने र सचिवमा खिमलाल पोख्रेल, अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा आशिष भण्डारी, सचिवमा भक्तबहादुर वि.क, मजदुर संगठनको अध्यक्षमा सुमन थापा र सचिव पछि मनोनय गरिने भएको छ ।
पार्टीको दलित मुक्ति मोर्चाको अध्यक्षमा पहल सिं वि.क र सचिवमा विष्णुबहादुर परियार, अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा झयामकुमारी थापा, शिक्षक संगठनको अध्यक्षमा दिनेश गौतम र सचिवमा रामबहादुर थापा, गणतान्त्रिक खेलकुद महासंघ अध्यक्षमा टुकबहादुर गुरुङ, अखिल नेपाल किसान संगठनको अध्यक्षमा वेदराज पौडेल र सचिवमा रवि भण्डारी, बुद्धिजीवी संगठनको अध्यक्षमा इन्जिनियर उदय पौडेल तोकिएका छन् । बैठकले संगठित सदस्य नविकरण तथा पार्टी सदस्य बिस्तार गर्ने, असोज १० गतेसम्म सेल, टोल भेला सम्पन्न गर्ने, असोज २० गतेसम्म वडा भेला सम्पन्न गर्ने र कार्तिक ६ गते नगर भेला आयोजना गर्ने निर्णय समेत गरेको सचिव गुरुङले जानकारी दिए ।










