ढोरवराही-पाल्पा-रामपुर मोटरबाटोको अवलोकन

- विवि श्रेष्ठ (दमौली)
शुक्लागण्डकी नगरपालिकाको दुलेगौडाबाट साँखे बजार हुँदै सालडाडा विरुवा ज्याग्दी करिडोर हुँदै पाल्पा रामपुरसम्मको मोटरबाटोको स्त्तरोन्नती हुने भएको छ । संघीय सरकारको गत आर्थिक वर्ष २ करोडको बजेटबाट उक्त मोटरमार्गको कालोपत्रे तथा स्त्तरोन्नती गर्न लागिएको हो । प्रतिनिधीसभा सदस्य एवं तनहुँ क्षेत्र नं. २ का संघीय सासंद केदार सिग्देलले उक्त सडक खण्डको अवलोकन गरेका छन् । शुक्लागण्डकीको दुलेगौडा बजारबाट साँखे बजार हुँदै स्याङजाको हरिनाश गाँउपालिकाको सालडाँडा र विरुवा गाउँपालिकाको बजार हुँदै कालीगण्डकी किनार हुँदै चापाकोट नगरपालिका र पाल्पाको रामपुर जोड्ने गरी बाटो निर्माण गरिने भएको छ ।
करिव ५५ किलोमिटर मोटरमार्गमा कच्चि सडक निर्माण तथा स्त्तरोन्नती हुने सांसद सिग्देलले बताएका छन् । मोटरमार्गको निर्माण पछि दुलेगौडा हुँदै, स्याङजा र पाल्पासम्म जोडिने विरुवा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले बताए । तनहुँ, स्याङजा र पाल्पा जोड्ने यो बाटो सामरिक महत्वको बन्ने सासंद सिग्देलले बताए ।
उक्त मोटरमार्गका लागि यसै वर्ष संघीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । विकासका लागि बजेट अभाव नहुने बताउँदै सांसद सिग्देलले विनियोजित बजेटको कार्यन्वयनका लागि लाग्नुपर्ने बताएका छन् ।










