पर्यटनको राजधानी पोखरा जाने सडक : यस्तो बन्दै छ मुग्लिङ-पोखरा सडक (तस्बिरहरू)

देशको संघीय राजधानी काठमाडौँ र नेपालको पूर्वी जिल्लाहरूलाई जोड्ने पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुस समेत गर्न थालेका छन् ।

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति काम भइरहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरा सडक विस्तारको कामले अहिले भने गति लिएको छ । सो सडक खण्डको २०.५ किलोमीटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमीटर सडक ६ लेनको बन्ने छ । त्यसै गरी यस सडक खण्डमा ४ ठुला र ८ साना गरी जम्मा १२ वटा पुल निर्माण गरिने छ ।

७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले निर्माण कार्य समयमै नसक्दा अहिलेसम्म २ पटक म्याद थप गरिएको छ ।

पूर्वी खण्डको भौतिक प्रगति भने एकासी प्रतिशत रहेको सडक विभागले जनाएको छ । त्यसका साथै बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी तीव्र रूपमा काम भइरहेको छ । सो खण्ड अन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमीटर सडक कालोपत्रे हुन बाँकी रहेको छ ।

सो सडक खण्ड अन्तर्गत दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट वाल लगाएर उठाउने काम भइरहेको छ । यो खण्ड अन्तर्गत बन्न पर्ने १७ पुलमा सबै बनिसकेका छन् भने छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ ।

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यस सडक खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । ६ अर्ब २१ करोड ३१ लाखमा यस सडक खण्डको ठेक्का लागेको हो ।


तस्बिरहरू: फोटो लाइब्रेरी।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker