लागूऔषध दुर्व्यसन तथा क्षति न्यूनिकरण अभिमुखिकरण

भञ्ज्याङ समाचारदाता/आँवु

तनहुँको आँवुखैरेनीमा लागू औषध दुर्व्यसन तथा क्षति न्यूनिकरण तथा एचआईभी/एड्स विषयक अभिमुखिकरण गरिएको छ । कम्युनिटि सपोर्ट ग्रुप तनहुँले पालिकाका प्रहरी, कर्मचारी तथा प्रमुख सामुदायिक सरोकारवाला निकायलाई लक्षित गरी उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकालाई दुर्व्यसन रहित बनाउन सबै सरोकारवाला निकायसंग सहकार्य गरी अगाडि बढ्ने बताए । उनले अहिलेका नयाँपुस्ता लागु औषधको कुलतमा फस्ने क्रम बढ्दै गएकाले सचेतना मुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कम्युनिटि सपोर्ट ग्रुप तनहुँका संयोजक जितेन्द्र खत्रीले तनहुँमा सुइद्वारा लागुऔसध प्रयोगकर्ताहरुको स्थिति, जोखिम, क्षति न्युनिकरण, पुनःस्थापना, समुदायस्तरमा एचआईभी परीक्षण जस्ता प्रक्रियामा सर्पोट ग्रुपको बिगत ५ बर्षदेखि सक्रिय भुमिका खेल्दै आएको बताए ।

पिस हेवन रिहाबलीटेसन बरादिका निर्देशक रबिन्द्र श्रेष्ठले आँबुखैरनीमा अत्याधिक मात्रामा दुर्व्यसनिको संख्या बढेको, दुर्व्यसनिमा देखिएका हेपाटाइटिसज, एचआईभी, याब्सिस जस्ता रोगको संक्रमण फैलिन थालेपछि आबासीय रुपमा उपचार, पुनःजीवन तथा पुनःस्थापना, निःशुल्क परामर्शका कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए ।

गोरखा, लमजुङ, तनहुँका दुर्व्यसनिहरुलाई पुनःस्थापना केन्द्रले आवासीय रुपमा उपचार गर्दै आएको छ । निम्न वर्गीय समुदायमा उच्च जोखिम, अपराधलाई कम गर्न गाउँपालिकाको सहयोगमा सहकार्य गरेर निकट भविष्यमा दुर्व्यसन रहित गाउँपालिका बनाउने लक्ष्यका साथ केन्द्रले काम गर्दै आएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरीक्षक युवराज सलामी मगरले लागू औषधको कारोबार ब्यापाक हुने गरेको चेकजाँचका क्रममा ठुलो परिणामका लागू औषध बरामत हुने गरेको बताउँदै हिरासतमा रहेका दुर्व्यसनिहरु उक्त जोखिमयुक्त क्रियाकलापमा पटक पटक सक्रिय भैरहने प्रवृत्तिले व्याक्ति, परिवार, समाजले हैरानी खेप्नुपरेको हुँदा उनिहरुको जीवन रुपान्तरणमा देखिएको चुनौतीका विषयमा जानकारी गराए ।

कार्यक्रममा आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. धन बहादुर क्षत्रीले दुर्ब्यसनिमा देखिने शारीरिक, सामाजिक, मनोसामाजिक समस्या पहिचान गरी परामर्शको सहायताले राहत दिन सकिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker