तनहुँका विद्यार्थीले अझै पुरा पाठ्यपुस्तक पाउन सकेनन्

भञ्ज्याङ न्यूज

तनहुँका सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुले अझै पुरा मात्रमा पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको दुइ हप्ता बितिसकेपनि जिल्लामा अझै प्रयाप्त मात्रमा पाठ्यपुस्तक आएपुगेका छैनन् ।

सबै विषयका पाठ्यपुस्तक पाउन नसक्दा बालबालिकाको पठनपाठनमा समस्या देखिन थालेको छ । तनहुँको व्यास नगरपालिका-१ जलदेवी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने अर्पना पन्थ विद्यालय जान थालेको २ साता भइसकेको छ । उनले अहिलेसम्म ४ विषयका मात्रै किताब किन्न पाएकी छन् । बाँकी ५ वटा किताब बजारमा नपाएको उनको गुनासो छ ।

पुस्तक नपाउँदा पढ्न समस्या भएको उनले सुनाइन । ‘सबै किताब नपाउँदा स्कुलमा राम्रोसँग पढाइ भएको छैन, घरमा पनि पढ्न पाइएन,’ उनले भनिन् ।

समस्या उनको मात्रै होइन । धेरै विद्यार्थी किताब नपाएर हैरान छन् । ‘कक्षा ९ मा पाठ्यक्रम नफेरिएको भए दिदी-दाइका पुराना किताब मागेर पढ्न हुन्थ्यो,’ उनले भनिन्, ‘मसँग अकाउन्ट, कम्पलसरी म्याथ, अप्सनल म्याथ र व्याकरण गरी ४ वटा विषयका पुस्तक छन । अरू साथीहरूसँग त त्यो पनि छैन ।’

पुस्तक पर्याप्त नहुँदा एउटैलाई ४/५ जनासम्मले पालो गरेर पढ्नु परिरहेको कक्षा ८ की निकिता दुलालले सुनाइन् । पुस्तक नहुँदा गृहकार्य गर्न पनि मुस्किल भइरहेको कक्षा ७ का किरण बस्नेतले गुनासो गरे । ‘कक्षामा सरहरूले कता-कताबाट पढाउनुहुन्छ अनि होमवर्क दिनुहुन्छ । घर गएपछि उत्तर कहाँबाट खोजेर लेख्ने -‘ उनको प्रश्न छ ।

नयाँ शैक्षिक शत्र सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालयमा जेठको पहिलो साता पठनपाठन सुरु गरिएको छ । तर, पर्याप्त पुस्तक नहुँदा पढाउन समस्या आएको शिक्षकहरूले बताए ।

पछिल्लो २ वर्षकोरोना महामारीका कारण शैक्षिक क्यालेन्डर खलबलिएको छ । यो वर्षपनि ढिला सुरु भएको शैक्षिक सत्रमा विषयगत पुस्तक पर्याप्त उपलब्ध नहुँदा सिकाइमा प्रभाव परेको भानु-१३ ठूलोढुंगास्थित अरनिको माविका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहले बताए ।

‘नयाँ पाठ्यक्रमअनुसार पुस्तक उपलब्ध नहुँदा अनलाइनबाट पुस्तक डाउनलोड गरी पढाउँदै छौं,’ उनले भने । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू गरेको छ ।

जिल्लामा आवश्यकमध्ये हालसम्म २५ प्रतिशत मात्र पाठ्यपुस्तक आइपुगेको पुस्तक व्यवसायीहरू बताउँछन् । जिल्लामा ४४१ सामुदायिक र १३४ संस्थागत विद्यालय छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker