व्यायाममा बाहना किन ?

व्यायाम गर्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि सर्वोत्तम विकल्प हो भन्ने सामान्य ज्ञान सबैलाई छ । व्यायामले शरीर फुर्तिलो, चुस्त, छरितो र स्वस्थ हुन्छ भन्ने कुरा पनि अब दोहो¥याउनु पर्ने विषय भएन । तर, यति हुँदाहुँदै पनि धेरैजसोले व्यायाम गर्दैनन् ।

व्यायाम गर्न धेरैलाई जाँगर नै चल्दैन । त्यसैले ‘भोलिदेखि गर्छु’ भन्दै उनीहरु टार्ने गर्छन् । कुनै दिन कामको चाप छ भनेर त कुनैदिन मुड ठीक छैन भनेर व्यायाम गर्दैनन् । कुनैदिन मौसमलाई दोष दिएर उम्कन्छन् । उनीहरु भन्छन्, अहिले जाडो मौसम छ अब गर्मी लागेपछि सुरु गर्छु । उनीहरु भन्छन्, यो बर्ष यस्तै भइहाल्यो आगमी बर्षदेखि गर्छु । यसरी अनेक बाहना गरेर व्यायाम गर्दैनन् ।

जरुरी छ व्यायाम

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु गर्दा पनि विस्तारै-विस्तारै तथा थोरैबाट सुरु गरेर क्रमशः समय बढाउँदै लैजानुपर्छ । त्यसको लागि निश्चित लक्षण निर्धारण गर्नुका साथै आफूलाई उत्प्रेरित गर्न जरुरी छ ।

केही नगर्नुभन्दा केही गर्नु राम्रो भने झै कम्तीमा पाँच मिनेट शारीरिक गतिविधिबाट पनि व्यायाम सुरु गर्न सकिन्छ । यसलाई पछि विस्तारै बढाउन सकिन्छ । व्यायाम गर्दा एरोविक तथा शरीर सुगठित बनाउने व्यायाम गर्न सकिन्छ । कुनै व्यक्ति विकलाङ्ग भएमा चिकित्सकको सल्लाह अनुसार सक्रिय जीवन जिउन सकिन्छ । त्यसबाहेक, मुटु रोग, उच्च रक्तचाप, मधुमेह तथा अन्य कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले पनि चिकित्सकको सल्लाह अनुसार नै व्यायाम गर्न सक्दछन् ।

सातामा कम्तीमा साढे दुई घण्टा मुटुको धड्कन बढ्ने, पसिना आउने किसिमको व्यायाम गर्न जरुरी छ । यसको लागि फटाफट हिँड्ने, बास्केटबल, फुटबल लगायतको खेल खेल्ने, डान्स गर्ने लगायतका गतिविधि गर्न सकिन्छ । त्यसबाहेक यस्ता प्रत्येक गतिविधिलाई दश-दश मिनेटको गतिविधिमा बाँडेर दश मिनेट फटाफट हिँड्ने, दश मिनेट डान्स गर्नेजस्ता गतिविधि गर्न सकिन्छ ।

शरीरको तौल कम गर्न चाहनेहरूका लागि दिनमा कम्तीमा पनि तीस मिनेटभन्दा बढी व्यायाम गर्न जरुरी छ । यस्ता एक्सरसाइज बिहान मात्र गर्नुपर्छ भन्ने पनि छैन । त्यस्तै हड्डी तथा मांसपेशीलाई बलियो बनाउन तथा तागतिलो बनाउन सातामा कम्तीमा दुई पटक व्यायाम गर्न सकिन्छ ।

विशेषगरी हातखुट्टा, ढाड, पेट, छाती, कुम लगायतका शरीरको विभिन्न अंग बलियो बनाउन सातामा कम्तीमा दुईदेखि तीन पटक वेट लिफ्टिङ्गजस्ता व्यायाम गर्न सकिन्छ । यसका लागि कुनै पनि प्रकारको सामान्य व्यायाम वा गतिविधिबाट दिनको सुरुवात गर्न सकिन्छ । फिटनेस ट्रेनरको सल्लाह अनुसार पनि घुम्ने, टहल्ने, टेनिस, फुटबल आदि गेम खेल्ने तथा अन्य विभिन्न गतिविधि अपनाउन सकिन्छ ।

कुनै पनि गतिविधिको समयावधि बढाउन आफूलाई मन लागेको कुनै एक व्यायाम गर्न सकिन्छ। ताकि उक्त गतिविधि गर्न कुनै अफ्ठेरो महसुस नहोस् ।

दैनिक आधा घण्टादेखि एक घण्टा व्यायाम गर्न सुरुसुरुमा जोसुकैका लागि कठिन हुनसक्छ । त्यसैले, कुनै पनि एक्सरसाइज सुरु गर्दा सुरुका दिनमा दश मिनेटबाट सुरु गरेर त्यसलाई कम्तीमा पाँच दिन नियमित गर्दै लैजानुपर्छ । त्यसपश्चात् प्रत्येक साता पाँच , दश मिनेट जोड्दै लगेर दिनमा ३० देखि ६० मिनेट सक्रिय रहन सकिन्छ । त्यति मात्र हैन, स्वस्थ रहनका लागि वयष्कहरुलाई मध्यम तथा तीव्र किसिमको एक्सरसाइज सातामा १ सय ५० मिनेट देखि साढे दुई घण्टासम्म गर्नु आवश्यक छ । यस्ता एक्सरसाइजले मुटुलाई स्वस्थ राख्नुका साथै श्वासप्रश्वास सम्बन्धी गतिविधि सुचारु बनाउन सहयोग गर्छ । कहिलेकाही यस्ता गतिविधि गर्दा ३० मिनेट एकै पटक एक्सरसाइज गर्न नसकेको खण्डमा १० दश मिनेटको ब्रेक लिएर पनि त्यस्ता एक्सरसाइजलाई पूरा गर्न सकिन्छ ।

व्यायाम गर्नका लागि टिभी हेर्ने, भिडियो गेम खेल्ने तथा इन्टरनेट चलाउने समयमा कटौती गर्न सकिन्छ । त्यसबाहेक, परिवारको साथमा कतै घुम्न गएर, व्याडमिन्टन खेलेर तथा पार्कमा घुम्न गएर आफूलाई सक्रिय राख्न सकिन्छ ।

धेरै जसो मानिस गर्मी तथा वर्षातको वहाना बनाएर व्यायाम गर्न हच्किन्छन् । जबकि निश्चित लक्ष्य लिएको खण्डमा जुनसुकै मौसममा पनि उत्तिकै सक्रिय रहेर व्यायामलाई निरन्तरता दिन सकिन्छ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker