जब खानेकुरा राम्ररी पच्दैन

जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ । खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ ।

सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ भन्ने कुरा तिनीहरुलाई बढि थाहा हुन्छ जो ग्यास्ट्रिक, कब्जियत वा डाइरियाबाट पिडित छन् ।

पाचनतन्त्रले खानेकुरालाई सानो सानो टुक्रामा, जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ । त्यसपश्चात यी पौष्टिक तत्व तपाईंको रगतमा समाहित हुन्छन् र शरीरका विभिन्न भागमा पुग्छन् ।

पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहाँ तपाईंको दाँतले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले यसलाई टुक्र्याउन सुरु गर्छ । त्यसपछि आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ ।

त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ । र, यसका उपयोगी पदार्थहरु शरीरले ग्रहण गर्छ । बाँकी भोजन त्यागका लागि ठूलो आन्द्राबाट बाहिर निकालिन्छ । यति जटिल पाचनतन्त्रलाई स्वस्थ राख्नु हाम्रो जिम्मेवारी हो । तर कसरी ?

सही तरिकाले खाने

सँधै समयमा खाना खाने गरौं । यसको समय यताउति हुनु हुँदैन । खाना बिस्तारै खानुपर्छ । बढि भन्दा बढि चबाएर मात्र निल्नुपर्छ । यदि तपाईं अक्सर पेटको गडबडी वा अपचबाट पिडित हो भने खाना खाने समयलाई अलि अगाडि सार्नुपर्छ । सुत्नुभन्दा ३ देखि ४ घन्टा अगाडि खाना खाइसक्नुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर तपाईंको पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र तपाईंको निस्काशन सही हुन्छ, जो आफ्नो आन्द्रामार्फत सजिलै बाहिर निस्किन्छ । खानामा फाइबर कम हुँदा कब्जियत, इर्रिटेबल बाउल सिन्ड्रोम, डाइभर्टिकुलिटिस र कोलन क्यान्सर जस्ता पाचनतन्त्रसँग सम्वन्धित कयौं विकार उत्पन्न हुन सक्छन् ।

पानी प्रशस्त

महिलाहरुले प्रत्येक दिन २.१ लीटर तरल पदार्थ तथा पुरुषले २.६ लिटर पानी पिउनु आवश्यक हुन्छ । गर्मी मौसम वा शारीरिक परिश्रम गरेर पसिना बाहिर निस्किएको छ भने झन् बढि परिमाणमा पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यो डायरिया र इर्रिटेबल बाउल सिन्ड्रोम जस्ता अवस्थाहरुमा पनि निकै सहयोगी सावित हुन सक्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पु¥याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।

अमिलो फलको सेवन

आफ्नो पाचनमा सुधार ल्याउने विषयमा सोच्दा तपाईंको दिमागमा अमिलो फल पक्कै आउँदैन । तर, निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ । निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक र उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ । उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले तपाईंको पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ ।

धुम्रपान त्यागौं

धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ । यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि निम्तो दिन सक्छ ।

वोसोयुक्त भोजन परहेज

बढि बोसोयुक्त भोजन पच्न लामो समय लाग्छ, जसको कारणले पेटको बोझ बढ्न जान्छ र उच्च बोसोयुक्त खाद्य पदार्थको बदला माछा र लीन मिट जस्ता बोसो कम भएका खानेकुरा खानु उपयुक्त हुन्छ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker