कसरी मिलाउने खानपानमा सन्तुलन ?

पोषणविद्हरु भन्छन्, खाना नै सम्पूर्ण औषधि हो । यसको अर्थ खानामा ति सबै कुरा सामेल हुन्छन्, जो हाम्रो शारीरिक स्वास्थ्यको लागि जरुरत हुन्छ । शरीरलाई निरोगी राख्न, फुर्तिलो बनाउन, उर्जावान राख्न, दीर्घायु बनाउन खानपानको मूख्य भूमिका हुन्छ । खाना खानु भनेको भोक मेट्नु वा जिब्रोको तलतल मेट्नु मात्र होइन । बरु, स्वस्थ जीवनयापन गर्नु हो ।

तर, कस्तो खानपान ?

यो प्रश्न किनपनि उठ्छ भने खानपानकै कारण अहिले हामी रोगी र जीर्ण हुँदैछौं । विश्वमा अहिले जतिपनि रोग देखिएका छन्, त्यसमा खानपान पनि एउटा कारण बनेको छ । अर्थात खराब खानपान रोगको कारण बनेको छ । यस्तो अवस्थामा ताजा, सुपाच्य, सन्तुलित खानपान जरुरी हुन्छ ।

खाना कसरी सन्तुलित हुन्छ त ?

पोषणविद्हरुका अनुसार सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

यसको फाइदा पनि विभिन्न किसिमको हुन्छ ।

–सन्तुलित आहारले गर्भवती महिलालाई आवश्यक पोषण प्रदान गरी गर्भमा रहेको शिशु,     बालबालिका तथा किशोरकिशोरीको बृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

–यसले शरीरमा उर्जाको प्रवाह गर्छ, शरीरलाई विभिन्न रोगसित लड्न मद्दत गर्छ ।

–सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह , स्ट्रोक,   अस्टियोपोरोसिस, क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

–आहारको अवधारणालाई बुझ्न अझै सजिलो होस् भन्नका लागि आहारलाई निम्न समूहमा   विभाजित गरिएको छ ।

–अन्न तथा आलु (कावोहाइड्रेट्स)

–फलफूल तथा सागसब्जी ( भिटामिन तथा खनिज)

–दूधजनय पदार्थ (प्रोटिन तथा क्याल्सियम)

–माछा, मासु, दाल, गेडागुडी (प्रोटिन)

–तेल (फ्याट/वोसो)

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे«ट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो ।

सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

फ्याटयुक्त तेललाई भने नियन्त्रित मात्रामा प्रयोग गरिनु पर्छ । शरीरलाई स्वस्थ राख्न वोसोको आवश्यकता थोरै मात्र हुन्छ । सरस्यूको तेल, सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।

दूध, दही, पनीर लगायतका दूग्धजन्य पदार्थ भने भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत मानिन्छ । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने भएकोले दूधमा वोसोको मात्रा धेरै हुन्छ । त्यसैले चिकित्सकहरु तर निकालिएको दूध सेवन गर्न सल्लाह दिने गर्दछन् ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा टिस्यूको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।

प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर शरीरलाई पोषण प्रदान गर्न सकिन्छ । किनकी हामीले जे खान्छौ, त्यो सबै खानेकुराले शरीरलाई पोषण नमिल्न सक्छ ।

शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट , खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरीक गतिविधि गर्न आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ । त्यतिमात्र हैन, शरीरलाई आवश्यक मात्रामा पोषकतत्व प्रदान नभएमा यसले कुपोषणको समस्या समेत निम्त्याउने गर्छ।अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker