तनहुँमा विविध कार्यक्रम गरी ३९औं मगर एकता दिवस मनाइयो

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँका मगर समुदायले विविध कार्यक्रमको आयोजना गरी ३९औँ मगर एकता दिवस मनाएका छन् । तनहुँको शुक्लागण्डकी स्थित खैरेनीटार र दुलेगौँडामा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ । मगरहरु आफ्नो जातीय भेषभुषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । खैरेनीटार मगर समाजले खैरेनीटार समाज भवनमा एक समारोहको आयोजना गरी दिवस मनाएको हो ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाल मगर संघ तनहुँका पुर्व अध्यक्ष एवं सल्लाहकार यामबहादुर आले मगरले इतिहासको सत्यता खोज्न र बुझन मगर एकता जरुरी रहेकोे बताए । उनले मगरहरुलाई कमजोर बनाउन प्रकाशित र सार्वजनिक भएका इतिहास, भुगोल र धर्म सबै झुटो भएको उल्लेख गर्दै मगरहरुले सत्य बोल्नुपर्ने र सत्य खोज्नका लागि मगर एकता आवश्यक रहेको बताएका हुन् ।

उनले एकता एकता भनेर मात्र नहुने भन्दै मगर अभियान्ताहरुले सोहि अनुसारको मुद्धा बोक्न आवयक रहेको औल्याँए । आलेले इतिहासमा राष्ट्रको मुलबासी मगरहरु रहेको र शरण पर्न आएकाहरुले शरणको मरण गरेर मगरहरुलाई अन्याय गरेकाले नेपाललाई सराप लागेको बताए । हामी तथ्य देखाउन सक्छौँ, देश आज विकास हुननसक्नु पुर्खाहरुको अपमान हो, पुर्खाहरुको सराप लागेको छ उनले भने ।

उनले मगरको संस्कार स्थापित गर्ने हो भने मात्रै पनि देश विकास हुने दाबी गरे । हामी मगरहरु खेति उब्जानी गछौँ, खान्छौँ, प्रकृति र भुमिको पुजा गर्र्छौ उनले भने यो संस्कारलाई स्थापित गरौँ, देश आफै बन्छ, वातावरण स्वच्छ हुन्छ ।

समाजका अध्यक्ष हरिराम राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सदस्य इन्द्रबहादुर थापा मगर, रेडियो ढोरबाराहीका स्टेशन म्यानेजर राजकुमार आले मगर, समाजका पुर्व अध्यक्ष नेत्रबहादुर थापा मगर, समाजका सल्लाहकार जयबहादुर थापा मगर, खैरेनीटार आमा समुहकी अध्यक्ष सरिता राना मगर लगायतले जुनसुकै पार्टी वा संस्थामा आवद्ध भए पनि मगर समुदायको हितका लागि सबै एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए । समाजका उपाध्यक्ष श्रीमाया राना मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव अमरराज थापा मगरले कार्यक्रमको संचालन गरेका थिए ।

कार्यक्रममा कौराहा लगायत विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । त्यस्तै दिवसको अवसरमा मगर एकता दिवस शिर्षकमा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो। प्रतियोगितामा छाया थापा मगर प्रथम, समिक्षा राना मगर द्धितिय र सुप्रेस आले मगर तृतीय भए । त्यस्तै १० बर्षुनिको बेलुन फुटाइ प्रतियोगितामा एलिसा राना प्रथम, अनुज थापा द्धितिय र पंकज राना तृतिय भए ।

महिलाहरुको सियोमा धागो छिराउने प्रतियोगितामा बिहिसरा थापा प्रथम, पविता आले द्धितिय र सरिता राना तृतिय भए । घैटो फुटाइ प्रतियोगितामा दुर्गा थापा विजेता भइन् । पुरुषतर्फको ब्याडमिन्टनमा आशिष थापा मगर र सुप्रेस आले मगरको जोडी प्रथम, हरिराम राना र विलास थापा मगरको जोडी द्धितिय भए । महिलातर्फ विष्णुमाया थापा र मनिता राना प्रथम, चित्राकला आले र मिलन रानाको जोडी द्धितिय भए ।

विजेताहरु नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत भए । कार्यक्रममा समाजका वयोवृद्ध ,डाक्टर हुन सफल समाजका योगेश थापा मगर लगायत विभिन्न क्षेत्रमा नाम निकाल्न र पास हुन सफल युवाहरु, सहयोग दाताहरुलाई सम्मान्पत्र तथा दोसल्ला ओढाएर सम्मान् गरिएको थियो ।


त्यस्तै दुलेगौँडा मगर समाजले पनि भव्य रुपमा मगर दिवस मनाएको छ । समाज भवनमा आयोजित कार्यक्रममा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै समाजका बरिष्ठ सल्लाहकार सदस्य केशुराम थापाले मगरहरु माथि निरन्तर अन्याय भएकाले आफ्नो हकअधिकारका लागि २०३९ साल फागुन १५ गतेदेखि मगरहरु संगठित भई एकता दिवस मनाउन थालिएको बताए ।कला संस्कृतिमा धनी मगरहरु शैक्षिक र आर्थिक रुपमा पनि मजबुत हुन आवश्यक रहेको बताएका थिए ।

समाजको उपाध्यक्ष नन्दकुमारी थापाको अध्यक्षतामा भएको समारोहमा समाजका सल्लाहकार तेजबहादुर थापा, नेपाल मगर बौद्ध सेवा सदन समितिका केन्द्रीय उपाध्यक्ष सुर्यबहादुर थापा, समाजका सहसचिव विष्णुबहादु राना, समाजका पुर्व कोषध्यक्ष तुलबहादुर थापा, समाजको चार्डपर्व समितिका कोषाध्यक्ष कुलबहादुर थापा, पुर्व उपाध्यक्ष किर्तिमान थापा लगायतले मगरहरुको मुद्धाका विषयमा बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य शुक्लागण्डकी आमा समुह दुलेगौँडकी सचिव कृष्णाकुमारी थापा र संचालन सचिव पुर्णबहादुर आलेले गरेका थिए। कार्यक्रमको अवसरमा म्युजिकल चियर, घैटोँ फुटाइ र बेलुन फुटाइ प्रतियोगिता समेत गरिएको सहसचिव विष्णुबहादुर रानाले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker