अर्थ
-
विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना आवास कार्यक्रमअन्तर्गत अधिकतम १२ वटा…
पुरा पढ्नुहोस -
म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती
दमौली : तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ । यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि यस ठाउँमा कृषकले एक्लाएक्लै रूपमा कोदो रोप्ने…
पुरा पढ्नुहोस -
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार
गण्डकी : लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने…
पुरा पढ्नुहोस -
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै
दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको…
पुरा पढ्नुहोस -
नस्ल सुधारका लागि तनहुँमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान
दमौली : तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । पछिल्लो केही वर्षयता जिल्लामा कृत्रिम…
पुरा पढ्नुहोस -
तनहुँका दुई सडक स्तरोन्नतिमा विश्व बैंकको अनुदान सहयोग बजेट विनियोजन, काम तीव्र गतिमा
दमौली : तनहुँका दुई महत्वपूर्ण सडक स्तरोन्नतिको काम विश्व बैंकको अनुदान सहयोगमा तीव्र गतिमा अघि बढिरहेको छ । व्यास नगरपालिकाको पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–लामागाउँ सडक खण्डलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत बजेट विनियोजन गरिएको हो । चालु आर्थिक वर्ष २०८२/०८३ भित्र काम…
पुरा पढ्नुहोस -
दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना
गण्डकी : स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमनसम्बन्धी योजना तथा नीति तर्जुुमा गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । ऐनले अधिकार प्रदान गरे पनि स्थानीय तहहरूको त्यसतर्फ जागरुकता नदेखाइरहेका अवस्थामा पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (२०८१–०८६) तयार गरी…
पुरा पढ्नुहोस -
पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज
ढोरपाटन (बागलुङ) : ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा…
पुरा पढ्नुहोस -
तनहुँको भिमादमा व्यावसायिक अकबरे खुर्सानीखेती, जनप्रतिनिधिद्वारा अनुगमन
भिमाद : मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ। यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो । नेकपा (एमाले) भिमाद नगर कमिटीका अध्यक्षसमेत रहेका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको…
पुरा पढ्नुहोस -
तनहुँमा ९१ प्रतिशतसहित गण्डकीमा ८९ प्रतिशत रोपाइँ
गण्डकी : गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो । यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेको निर्देशनालयका कृषिअर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस