अर्थ
-
बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले लियो गति
तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ ।…
पुरा पढ्नुहोस -
बाँदरले दुःख दिएपछि शुक्लागण्डकी लिलाचोकका कृषक कफीखेतीमा आकर्षित
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियान सहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज…
पुरा पढ्नुहोस -
सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति
सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण…
पुरा पढ्नुहोस -
धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान
काठमाडौँ : यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान…
पुरा पढ्नुहोस -
बाँझिएको पाखोबारीमा सामुहिक रुपमा सयपत्री फूलखेती, लाखौ रुपैयाँ आम्दानी
नारायण खड्का/तनहुँ गाउँमा युवा नहुँदा र बसाईसराई जस्ता कारणले दुई दशकदेखि बाँझिदै गएको पाखोबारीमा अहिले सयपत्री फूल ढकमक्क फूलेका छन् । तनहुँको आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका महिला दिदीबहिनीहरु समुहमा आवद्ध भई बाँझिएको पाखोबारीमा सयपत्री फूलखेती गरी गाउँको परिचय समेत बदलन पुगेका छन् । बाउबाजेले कोदो, मकै, घैय्या, भट्टामास, पिडालु, तोरी जस्ता…
पुरा पढ्नुहोस -
नयाँ सहर आयोजना डुम्रे भन्सार : १० वर्षको अबधिमा एक प्रतिशत मात्र आर्थिक प्रगति
सम्झना रसाइली/तनहुँ तनहुँको भानु नगरपालिकास्थित नयाँ सहर आयोजना डुम्रे भन्सारले काम गर्न थालेको करिव १० वर्ष बितेको छ। २० वर्षभित्र एक लाख जनसंख्यालाई अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको आयोजनाले हालसम्म एक प्रतिशत मात्रै आर्थिक प्रगति देखाएको छ । आइडीपीमा समावेश भएको ४४ अर्व…
पुरा पढ्नुहोस -
कृषक र उपभोक्तालाई जोड्दै आँवुखैरेनीको “कृषि हाटबजार”
नारायण खड्का/आँवुखैरेनी ग्रामीण क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषउपजलाई सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउने गरी तनहुँको आँवुखैरेनी गाउँपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक हप्ता शुक्रबारका दिन सञ्चालन गर्दै आएको हाटबजारमा स्थानीय स्तरमा उत्पादित वस्तुलाई एकीकृत ढंगले बिक्री वितरण गरी आर्थिक उपार्जन गर्ने थलो बन्दै गएको छ ।…
पुरा पढ्नुहोस -
बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै
दमौली : बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन…
पुरा पढ्नुहोस -
धितोपत्र लगानीकर्ता शिक्षा तथा सचतेना कार्यक्रम
दमौली : तनहुँ उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई लक्षित गरी धितोपत्र लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेको छ । संघ र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा बुधबार दमौलीमा उक्त कार्यक्रम गरिएको हो । संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रम समयसापेक्षित भएकाले…
पुरा पढ्नुहोस -
कृषि एम्बुलेन्सले किसानलाई राहत
मुग्लिन (चितवन) : इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ । इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म…
पुरा पढ्नुहोस