धितोपत्र लगानीकर्ता शिक्षा तथा सचतेना कार्यक्रम

दमौली : तनहुँ उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई लक्षित गरी धितोपत्र लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेको छ । संघ र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा बुधबार दमौलीमा उक्त कार्यक्रम गरिएको हो ।

संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रम समयसापेक्षित भएकाले धितोपत्र लगानीकर्ता शिक्षाबाट व्यवसायीहरुले लाभ लिनुपर्ने र यसबाट हुनसक्ने क्षतिका विषयमा पनि सचेत हुनुपर्नेमा जोड दिए ।

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशकद्वय विपीन ओझा र अशोक कुमार विष्टले धितोपत्र बजार, लगानीका औजार, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू लगायतका विषयमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker