अर्थ
-
अन्तर्राष्ट्रिय नारी दिवस : दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शनी मेला
तनहुँको दमौलीमा पहिलो पटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी सङ्घ नेपालले आजदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला गर्न लागेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला गर्न लागिएको सङ्घकी…
पुरा पढ्नुहोस -
तनहुँको तल्लो सेती जलविद्युत आयोजनाको अनुसन्धानात्मक अडिट सुरुङका लागि सम्झौता
तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो । लिमिटेडले एक सय ४०…
पुरा पढ्नुहोस -
उत्पादित वस्तुको बिक्री वितरणका लागि दमौलीमा “महिला उद्यमी व्यापार मेला” हुने
तनहुँको दमौलीमा महिला उद्यमी व्यापार मेला गरिने भएको छ । महिला उद्यमीद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला आयोजना गरिएको हो । महिला उद्यमी संघ नेपाल तनहुँले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही फागुन २५ देखि २७…
पुरा पढ्नुहोस -
भरतपुर भ्रमण वर्ष : तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने
भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको छ । भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभइ छिमेकी पालिकाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी…
पुरा पढ्नुहोस -
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित…
पुरा पढ्नुहोस -
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
भरतपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको…
पुरा पढ्नुहोस -
पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : काँग्रेस सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपालको नीति तीनखम्बे अर्थनीति…
पुरा पढ्नुहोस -
तनहुँका आठ सहित ६५ पूर्वाधार आयोजना बहुवर्षीय ठेक्कामा
गण्डकी : गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा…
पुरा पढ्नुहोस -
डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र
लमजुङ : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न…
पुरा पढ्नुहोस -
कृषि ज्ञान केन्द्र तनहुँद्वारा कृषकलाई अनुदानमा चैते धानको बीउ वितरण
जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले किसानलाई अनुदानमा चैते धानको बीउ बितरण गरेको छ । पन्ध्र वटा कृषि समुह र सहकारीमा आबद्ध भएका किसानहरुको माग अनुरुप चैते-५ जातको धानको बीउ वितरण गरेको हो । प्रतिकिलो मूल्य ७५ रुपैयाँका दरले खरिद गरिएको छ मेटि्रक टन धानको बीउ ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको…
पुरा पढ्नुहोस