उत्पादित वस्तुको बिक्री वितरणका लागि दमौलीमा “महिला उद्यमी व्यापार मेला” हुने

भञ्ज्याङ समाचारदात/दमौली

तनहुँको दमौलीमा महिला उद्यमी व्यापार मेला गरिने भएको छ । महिला उद्यमीद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला आयोजना गरिएको हो ।

महिला उद्यमी संघ नेपाल तनहुँले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही फागुन २५ देखि २७ गतेसम्म व्यास-३ स्थित खुल्ला चौरमा महिला उद्यमी व्यापार मेला सञ्चालन गर्न लागएको संघकी अध्यक्ष निर्मला मल्लले जानकारी गराइन ।

दमौलीमा पत्रकार सम्मेलन गरी संघले मेलामा महिलाद्वारा उत्पादित सामग्रीको ५० वटा स्टलहरु राखि मेला सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले बताइन । उनका अनुसार मेलामा हस्तकलाका सामान, ढाका तथा घरबुनाका कपडा, काठजन्य वस्तु, जैविक खाद्य पदार्थ, स्थानीय खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडीबुटी, गरगहना, सजावटका सामन लगायतका स्टल राखिने छन् ।

मेलामा २३ व्यवसायीको स्टल बुकिङ्ग भइसकेको आयोजकले बताएको छ । बजारको पहुँच भन्दा बाहिर रहेका महिला व्यवसायीहरुको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न तथा साना तथा घरेलु व्यवसायलाई प्रोत्साहन र प्रवर्द्धनमा मेलाले सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

महिलाहरुले परम्परागत सीप र कलालाई प्रयोग गरी उत्पादन गरेका सामग्रीहरु गुणस्तरीय हुँदाहुँदै पनि बजारीकरणमा समस्या भोग्नु परेको गुनासा आइरहेको अवस्थालाई मध्यनजर गरी स्थानीय पालिकासंग समन्वय गरी मेला सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गरेको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले बताइन् ।

उनले भनिन्, ‘नगरपालिकाले तालिम दिएर धेरै महिला उद्यमी तयार गरेको छ, यस्ता कार्यक्रमले ती उद्यमीलाई पहिचान गरी उनिहरुले उत्पादन गरेको वस्तु बजारीकरणमा दर्ीघकालिन रुपमा सहयोग गर्ने मौका पनि मिल्छ ।’

स्थानीय उत्पादन मात्र विक्री वितरण र प्रदर्शन गरिने भएकाले पनि यो मेला अन्यको तुलनामा फरक हुने आयोजकले बताएको छ । स्वेदशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उद्यमी संघ नेपाल शुक्लागण्डकी बजार इकाइकी सभापति तुलसी शाहले बताइन् । उनले भनिन्, ‘लोप हुँदै गएका रैथाने उत्पादनको प्रदर्शनले नयाँ पुस्तालाई घरेलु उत्पादन बारे जानकारी गराउने अवसर पनि जुट्ने छ ।’

मौलिक सीप र कलालाई प्रयोग गरेर महिलाले उत्पादन गरेका स-साना सामाग्रीको बजारीकरण गर्दै उद्यमी बन्न प्रेरित गर्न मेला सफल हुने बन्दीपुर बजार इकाईकी सभापति गीता लम्सालले बताइन् ।

उक्त मेलालाई तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी महासंघ नेपालले संरक्षकत्व प्रदान गर्ने छ भने तनहुँ उद्योग वाणिज्य संघले समन्वय गर्नेछ । मेलाको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति, महिला उद्यमी संघ, दमौली बजार इकाइ, डुम्रे बजार इकाइ, बन्दीपुर इकाइ समिति र शुक्लागण्डकी इकाइ समिति रहने बताइएको छ ।

मेलामा विभिन्न कलाकाहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने उद्यमी संघ नेपाल तनहुँकी महासचिव सरु श्रेष्ठले बताइन । महिलाहरुको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामुलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुसखकरण कार्यक्रम पनि मेला समेटिने आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker