व्यासले व्यवसाय करमा सहजिकरण गर्ने, इट्टा उद्योग कार्यविधि पारित

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले व्यवासयको कर व्यवस्थापनमा सहजीकरण गर्ने भएको छ । नगरपालिका भित्रका व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि वडा नं. २ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा वडा नं. १ का वडाध्यक्ष खरसिं दरै, वडा नं. ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ र वडा नं. ४ का वडाध्यक्ष विश्व न्यौपाने कार्यकारिणी सदस्य रहने गरी समिति गठन गरेको छ ।

उक्त समितिमा नगरपालिकाका कल्पना पोख्रेल, दमौली बजार इकाइ प्रतिनिधि र सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठलाई तोक्ने निर्णय नगर कार्यपालिकाको आइतबार बसेको नियमित बैठकले निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यही चैत्र ६ गते कार्यपालिका बैठकमा भएको निर्णयहरुको समीक्षा समेत गरेको छ ।

यस्तै, नगरपालिकाको स्थापना दिवस यही चैत्र ३० गते मनाउने सम्बन्धमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा प्रगति समीक्षा गर्नुका साथै पूर्व सभामुख रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाउने निर्णय बैठकले गरेको नगरका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

त्यस्तै, कार्यपालिका बैठकले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गर्ने कार्यमा खटिएका तथ्याङ्क संकलकहरुलाई धन्यावद ज्ञापन गरेको छ । वडागत संकलित फाराम नगरपालिकामा जम्मा गरी आयोगमा प्रबृष्ट गर्न आवश्यक बढीमा ४ जना कर्मचारीलाई कामको अवधिभर काममा लगाउने व्यवस्था गरिने बएको बताइएको छ ।

कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकार भित्र रही व्यास नगरपालिका भित्र सञ्चालित घरेलु इट्टा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ समेत पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker