विश्व पर्यटन दिवसका अवसरमा एआई र डिजिटल प्रविधिमार्फत पर्यटन पुनःसंरचनाको बहस

दमौली : ‘डिजिटल एजेण्डा र एआई मार्फत पर्यटनको पुनःसंरचना’ भन्ने मूल नाराका साथ विश्व पर्यटन दिवस २०२६ व्यास नगरपालिकामा विभिन्न कार्यक्रमसहित मनाइएको छ । व्यास नगरपालिका एक कार्यक्रमको आयोजना गरी पर्यटन क्षेत्रमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा सम्भावनाबारे छलफल गरिएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नगर उपप्रमुख इन्दिरा दरैलगायत जनप्रतिनिधि, वडा अध्यक्ष लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

नगरभित्रका सांस्कृतिक समूह, होमस्टे सञ्चालक, नगर प्रज्ञा प्रतिष्ठान तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रममा पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन, पर्यटन विषयमा छलफल, सांस्कृतिक नृत्य प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख, आदिकवि भानुभक्त माध्यमिक विद्यालयको होटल म्यानेजमेन्ट (एचएम) कार्यक्रमका संयोजक अरविन्द थापाको नेतृत्वमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूसमेत सहभागिता जनाएका थिए ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा पर्यटन प्रवद्र्धनमा डिजिटल प्रविधिको प्रयोग, एआईमार्फत पर्यटकीय गन्तव्यको प्रचार–प्रसार, सूचना प्रवाह तथा पर्यटकको अनुभवलाई थप प्रभावकारी बनाउने सम्भावनाबारे विचार–विमर्श गरिने आयोजकले जनाएको छ ।

व्यास नगरपालिकाले प्रविधिको बढ्दो प्रयोगसँगै स्थानीय पर्यटनलाई डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने सम्भावनालाई कार्यक्रममार्फत उजागर गर्न खोजेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker