एकैदिन २,३५१ सङ्क्रमित, सङ्क्रमणबाट छ जनाको निधन

रासस

कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।

उहाँले आज मात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) एक हजार ७३६ जना सङ्क्रमित थपिएका थिए । यस्तै गत सोमबार (वैशाख ६ गते) एक हजार २८१, आइतबार (वैशाख ५ गते) एक हजार ९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा सङ्क्रमण देखिएको थियो ।

आठ हजार ८८४ नमूनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना सङ्क्रमित भएका छन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५१ मा सङ्क्रमण देखिएको छ । उहाँका अनुसार भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौँमा ७८६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले आज २८७ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७६ हजार ९३ जना निको भई घर फर्किएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५८२ जना संस्थागत आइसोलेशन ८३६ जना र होम आइसोलेशनमा नौ हजार ७४६ जना छन् । यस्तै सङ्क्रमितमध्ये १८० जना सघन उपचार कक्ष ४७ जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ ।

यस्तै विगत २४ घण्टामा सङ्क्रमणबाट छ जनाको निधन भएको छ । अहिलेसम्म तीन हजार ११२ जनाको सङ्क्रमणबाट निधन भएको छ । यस्तै नेपाल–भारतका नौ वटा सीमानाकामा ८०३ जनाको कोरोना भाइरस परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker