धादिङमा बस दुर्घटना अपडेट : तनहुँका तीन जनासहित १९ जनाको मृत्यु (मृतकको विवरणसहित)

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान १ः३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेको धादिङ प्रहरीले जनाएको छ ।

मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ बस्ने ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ बस्ने ५५ वर्षीय विष्णुमाया ढकाल, भिमाद नगरपालिका–६ बस्ने४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।

यस्तै घाइतेमध्य तनहुँका सोमप्रसाद मल्ल, मानबहादुर थापा, सदिक्षा हमाल र सुबिन मल्लको उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker