अविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने जुडीफाँट–चित्रेभञ्याङ सडक अवरुद्ध

अविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको ‘जुडीफाँट–चित्रेभञ्ज्याङ सडक’ अवरुद्ध भएको छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकाररीदिनुभयो। “कतै ग्याबिनझालि सहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूला–ठूला पहिरो खसेका छन्,” उहाँले भन्नुभयो । अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानीयबासी चिसापानीबाट राइपुर हुँदै घण्टौ लगाएर यात्रा गर्न बाध्य हुनुपरेको छ ।

शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नति भइरहेको थियो । सडक फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । पहिरो गएसँगै काम रोकिएको छ ।

सो गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उद्देश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार एक सय ४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ । पुलमा क्षति नपु¥याएको जनाइएको छ ।

अवरुद्ध सडकलाई खुलाउन शुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाईजर रामबहादुर गोलेले बताउनुभयो । “पहिरो हटाउन शुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा तीन÷चार दिन लाग्छ,” उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker