कोरोना विरुद्ध दोस्रो मात्राको खोप

कोरोना भाइरस (कोभिड-१९) विरुद्ध दोस्रो मात्राको खोप लगाइदिदै स्वास्थ्यकर्मी । मंगलबार र बुधबार गरी २ दिनमा जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट पहिलो मात्रमा खोप लगाएका करिव ५ हजार जनालाई दोस्रो मात्राको खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए । खोप अभियाका पहिलो दिनमा व्यास नगरपालिकामा ६०५, भानु नगरपालिकामा ८१, म्याग्दे गाउँपालिकामा ३९, शुक्लागण्डकी नगरपालिकामा १००, घिरिङ गाउँपालिकामा ३७, रिसिङ्ग गाउँपालिकामा ३००, देवघाट गाउँपालिकामा २१२, बन्दिपुर गाउँपालिकामा ९७, आँबुखैरेनीमा १०८ गरी १५७९ जनालाई दोस्रो मात्राको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तस्विर : भञ्ज्याङ










