तनहुँको बन्दिपुर बजारमा विद्युतको नाङ्गो तार हटाइदै

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

पर्यटकीय नगरी तनहुँको बन्दिपुरमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युतीय दुर्घटना न्यूनीकरण तथा पर्यटकीय क्षेत्र बन्दिपुर बजारलाई सफा र सुन्दर बनाउन विद्युतको नाङ्गो तार हटाउन थालिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्रका किरिव ५ किलोमिटर क्षेत्रमा रहेका नाङ्गो तारलाई हटाइ कालो प्लास्टिक जडित नयाँ तार जडानको काम गरेको छ । तारको व्यवस्थापन गर्ने काम प्राधिकरणको भए पनि गाउँपालिकाले यसमा चासो देखाएको छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग भेट गरी बन्दिपुर बजार क्षेत्रका विद्युतका नाङ्गो तार हटाइ प्लाष्टिक जडित नयाँ तार जडान गरिदिन निवेदन पेश गरेका थिए । त्यसैका आधारमा स्टमेट पठाइ जिल्लालाइ तोक लगाइ बन्दिपुरमा काम अगाडी बढेको अध्यक्ष थापाले बताए ।

नाङ्गो तार फेर्ने, बाङ्गो र मक्किएका पोलहरू हटाएर राम्रो र सुरक्षित पोलहरू राखी पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइएकोमा अध्यक्ष थापाले प्राधिकरणलाई धन्यबाद ज्ञापन गरेका छन् ।

घना बस्ती रहेको बजार क्षेत्रमा नाङ्गो तारका कारण पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलिटेड केवल) तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तनहुँका निमित्त प्रमुख इ. जनार्दन पौडलले बताए । नयाँ तारबाट विद्युत् चुहावटको समस्या समेत कम हुने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उनले बताए ।

पहिलो चरणमा बन्दिपुर-२ र ४ को बजार क्षेत्रमा बिस्तार भइरहेको र यसै आर्थिक वर्ष जिल्लाका अन्य बजार क्षेत्रमा करिव २० किलोमिटर सेतो नाङ्गो तार विस्थापन गरी इन्सुलिटेड तार तथा करिव ५ सय काठको पोल समेत बिस्थापन गरी फलामको पोल प्रयोग गरिने प्राधिकरणले जनाएको छ । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने निमित्त प्रमुख पौडलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker