आँवुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला

आँवुखैरेनी : सामाजिक विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकामा सोमबार स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला–२०८१ कार्यक्रम गरेको छ । बालबालिकामा रहेको अन्तरनिहत प्रतिभालाई उजागर गर्दै सिर्जनात्मक लेखनलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
रामशाह माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चाय, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले कार्यक्रमका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यशालामा आँबुखैरेनी गाउँपालिकाभित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयका ४१ जना विद्यार्थीहरूले भाग लिएको कार्यक्रममको मुख्य उद्देश्य विद्यार्थीहरूको सिर्जनात्मक लेखनको क्षमता विकास गर्नु रहेको आँवुखैरेनी गाउँपालिकाकी शिक्षा अधिकारी निर्मला कुवाँरले बताइन् ।
यस कार्यक्रमले विद्यार्थीहरुको विचारशक्ति र सिर्जनात्मकता मञ्चमा ल्याउने अवसर प्रदान गरेको उनले बताइन् । उनले भनिन्, ‘सिर्जनात्मक लेखनले विद्यार्थीहरूलाई मात्र शिक्षा प्राप्त गर्नका लागि नभई सोच्न र अभिव्यक्त गर्नका लागि पनि एक महत्वपूर्ण माध्यमको रूपमा प्रस्तुत गरेको छ ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष चुमानले भने, ‘हामीलाई गर्व छ कि यस कार्यक्रम मार्फत हाम्रो गाउँपालिका भित्रका विद्यार्थीहरूले आफ्नो लेखन क्षमतामा वृद्धि गर्न पाए । यसले उनीहरूको भविष्यमा सकारात्मक प्रभाव पार्ने छ र हामीले भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्दै जानेछौं ।’
यस्तै, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चायले सिर्जनात्मक लेखनका कार्यक्रमहरू बालबालिकाका सिर्जनात्मक क्षमता र आत्मविश्वासमा वृद्धि गर्न महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीहरूको प्रतिभालाई प्रोत्साहन गर्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर, आँबुखैरेनी क्याम्सका निवर्तमान क्याम्पस प्रमुख वावुराम देवकोटा र रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले सिर्जनात्मक लेखनमा आफ्नो सीप र विचार प्रस्तुत गरेका थिए भने लक्ष्मी माध्यमिक विद्यालय प्युघरको कक्षा–१० का विद्यार्थी प्रवेश आलेले प्रथम स्थान प्राप्त गरेका थिए । उनलको लेखनलाई विशेष सम्मान प्रदान गर्दै पुरस्कार स्वरूप प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमले विद्यार्थीहरूको लेखन क्षमता र विचारशीलतालाई नयाँ दिशा प्रदान गर्ने अवसर दिएको छ । सहभागी विद्यार्थीहरूले कार्यक्रमको दौरान सिर्जनात्मक लेखनका नयाँ नयाँ विधिहरू र सीपहरूका बारेमा जानकारी प्रदान गरिएको थियो । जसले भविष्यमा उनीहरूको लेखन क्षमतालाई अझ सुदृढ पार्ने विश्वासिलो वातवारण बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।
यस प्रकारका कार्यक्रमहरूले स्थानीय स्तरमा विद्यार्थीहरूको प्रतिभा र सृजनशीलता उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र जसले आगामी दिनहरूमा समाजको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker