कोरोना अपडेट : सङ्क्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बर देखिएको छ् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १३ हजार ७३३ नमूना परीक्षण गरिएकामा तीन हजार ४७९ मात्रै सङ्क्रमित भएका छन् । यस्तै निको हुनेको सङ्ख्या छ हजार ६३६ रहेको छ । मन्त्रालयको विवरणअनुसार कूल १० हजार ४७१ पिसिआर विधिबाट परीक्षण गरिएको छ भने तीन हजार २६२ भने एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत कूल ९९ जनाको दुःखद् निधन भएको छ । यो सङ्ख्यासहित हालसम्म कूल सात हजार ८९८ जनाको कोरोनाका कारण निधन भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कूल पाँच लाख ८८ हजार १२४ जनामा कोरोना सङ्क्रमण भएको छ भने चार लाख ९१ हहजार ९ जना निको भएका छन् । मन्त्रालयका अनुसार नौ वर्ष उमेरसम्मका कूल ३५ जनाको ज्यान गएको छ । यस्तै १० देखि १९ वर्ष उमेर समूहका ३७, २० देखि २९ वर्षका २२६, ३० देखि ३९ वर्षका ६५९, ४० देखि ४९ सम्मका एक हजार १६१, ५० देखि ५९ वर्ष उमेर समूहका एक हजार ५६४ र ६० वर्षभन्दा माथिका कूल चार हजार २१६ जनाको कोरोनाका कारण निधन भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १२ हजार ६७२ जना सक्रिय कोरोना सक्रमित छन् । कूल एक लाख ७९ हजार ८७२ निको भएका छन् भने एक हजार ६९४ जनाको निधन भएको छ ।

यस्तै, भक्तपुरमा कूल तीन हजार ८१२ सक्रिय सक्रमित रहँदा १६ हजार ६९२ जना निको भएका छन् भने ३३७ जनाको निधन भएको छ । यस्तै, ललितपुरमा चार हजार ९४३ सक्रिय सङ्क्रमित हुँदा २९ हजार ४८८ निको भएका छन् । यस्तै, सो जिल्लामा कोरोनाका कारण ४८२ जनाको निधन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker