लापरवाहीले तनहुँमा बढ्यो कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या पाँच सय

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पछिल्लो केहीदिन यता दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । गत असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो गराएसंगै समुदायस्तरबाट भएको लापर्वाहीका कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको बताउन थालिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड नअप्नाइ भिडभिडजन्य गतिविधि बढ्न थालेपछि अहिले दैनिक संक्रमितको संख्या थपिदै गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

नागरिकस्तरबाट भएको लापर्वाहीका कारण कोरोना संक्रमण फैलिने जोखिम बढेको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले बताए । उनले भने, ‘अब झन तेस्रो लहर कोरोना संक्रमणको खतरा छ । नागरिकबाट स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन लापरवाही गरे संक्रमण अझ फैलने खतरा देखिएको छ ।’ गत शनिबारमात्रै जिल्लाका ९६ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै आइतबार १७ जनामा संक्रमण देखिएको छ । यहि अनुपातमा कोरोना संक्रमितको संख्या बढ्दै गए जिल्लाका आइसोलेशन तथा कोभिड अस्पतालले थाम्न नसक्ने स्थिति सृजना हुन सक्ने भन्दै डा. पौड्यालले सचेत बन्न आग्रह गरेका छन् ।

‘अहिले मौसमका कारण देखिएको भाइरल ज्वारो भन्दा पनि कोरोना संक्रमणको डर धेरै छ’, उनले भने, ‘तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा बालबालिकाहरुमा धेरै छ । हामी सुरक्षित रहन सके बच्चाहरुलाई पनि सुरक्षित गर्न सकिन्छ । त्यसैले लापरवाहीपूर्ण गतिविध नगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सचेत बन्नुपर्छ ।’

गत बैशाख १ गते यता ५ हजार ८३७ जनाको पीसिआर प्रविधि र ५ हजार ६८२ जनाको ऐन्टिजिनबाट परीक्षण गर्दा ४ हजार ४३६ जनामा संक्रमण देखिएको थियो । संक्रमित मध्ये ३ हजार ८४२ जना निको भएका छन् भने जिल्लामा अहिले ४९९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

‘जनस्तरबाट बढि नै लापरवाही भएको देखिन्छ’, उनले भने, ‘आजकल बजारमा व्यक्तिहरु हिड्दा मास्क लगाउनै छाडे, भौतिक दुरी कायम गर्नै छाडेका छन् । पछिल्लो समय कोरोनालाई सामान्य तरिकाले लिइदिंदा संक्रमित संख्या बढ्दै गएको छ । यसरी नै संक्रमणको दर बढ्दै गए पुनः कडा लकडाउन गर्नुपर्ने अवस्था नआउला भन्न सकिदैन ।’

जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोना संक्रमणको रेड जोनमा रहेको प्रमुख अधिकारीले बताए । उनले भने, ‘यी पालिकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ ।’

सक्रिया संक्रमितमध्ये १० जना आइसोलेशनमा, ३ जना आइसीयु कक्ष, ६ जना एचडियु कक्षमा उपचारत छन् भने ४८१ जना होम आइसोलेशनमा बसेको कार्यालयले जनाएको छ । वैशाख १ गते यता कोरोना संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ ।

भानुमा १५, व्यासमा १९२, शुक्लागण्डकीमा १५६, भिमादमा ३०, म्याग्देमा ३४, घिरिङमा २, रिसिङमा २, देवघाटमा २५, बन्दिपुरमा २२, आँवुखैरेनीमा २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker