आदिकवि भानुभक्त क्याम्पका प्रमुख हड्खले सम्मानित

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोभिड-१९ संक्रमणका समयमा नियन्त्रण र रोकथामका लागि विशेष भूमिका खेलेको भन्दै व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान प्रदान गरिएको छ ।

शिक्षा र विकासका क्षेत्रमा कार्यरत संस्था फोकस नेपालले देशभरका शैक्षिक संस्थाका प्रमुख मध्ये हड्खलेलाई सम्मान गरेको हो । प्रथम उपराष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित एक कार्यक्रममा हड्खलेलाई सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।

प्रमुख हड्खलेसँगै स्थानीय सकारका प्रमुख, महिला अगुवा तथा समाजका विविध क्षेत्रका १२ जनालाई सम्मान गरिएको छ । कोभिड संक्रमणका समयमा आदिकवि भानुभक्त क्याम्पसमा आइसोलेसन तयार पारिएको थियो । त्यसको व्यवस्थापनमा उनी प्रत्यक्ष संलग्न थिए । आइसोलेसन व्यवस्थापनकै क्रममा छतबाट खसेर प्रमुख हड्खले झण्डै एक महिना बिरामी समेत परेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker